दफा ५०५
कानून बमोजिम कार्यान्वयन हुने करार

(१) देहायका शर्तहरू पूरा गरी सम्पन्न भएको करार कानून बमोजिम कार्यान्वयन हुन सक्ने गरी करार भएकोमानिनेछ :–
(क) करार गर्ने व्यक्तिले आफूलाई बन्धनकारी बनाउन व्यक्त गरेको सहमति,
(ख) करार गर्ने व्यक्तिको करार गर्न सक्ने सक्षमता वा योग्यता,
(ग) दायित्व सृजना गर्ने निश्चित विषय,
(घ) कानूनसम्मत दायित्व ।
(२) करार लिखित वा मौखिक रूपमा वा करार गर्ने व्यक्तिहरूको आचरणबाट पनि हुन सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै करार कुनै खास कार्यविधि वा औपचारिकता पूरा गरेर मात्र गर्नुपर्ने व्यवस्था भएकोमा त्यस्तो कार्यविधि वा औपचारिकता पूरा नभएसम्म त्यस्तो करार कार्यान्वयन हुन सक्ने छैन ।